घम थापा अमेरिकामा सम्मानीत

ghamed
मास्टर हल अफ फेमले अमेरिकामा घम बहादुर थापा मगरलाइ सम्मान गरेको छ । सम्मानका लागि घम लाइ २ महिना पहिले मास्टर हल अफ फेमले मनोनित गरेको थियो । घमले नेपालमा मार्शल आर्ट विकासका लागि गरेका कामको आधारमा मास्टर हल अफ फेमले सम्मान गरेको जनाइएको छ । १८ जुनमा सम्मान हुने कार्यक्रम भए पनि थापा आफ्नो कार्य ब्यस्तताका कारण १८ जुनमा अमेरिका पुग्न नसके पछि नेपाल आइटिएफका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्रिय मार्शल आर्ट महासघका सस्थापक अध्यक्षलाई सो अवार्ड आयोजक समितीले पठाएको थियो । ३ जुलाइमा बाल्टिमोरस्थित एभ्रेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीमा नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघका सस्थापक अध्यक्ष राज कुमार थापा तथा नेपाल आन्तराष्ट्रिअय तेक्वोन्दो महासंघका पूर्व अध्यक्ष तथा नेपाल रास्ट्रिय मार्शल आर्ट महासघंका सस्थापक अध्यक्ष मास्टर कृष्ण बहादुर बलालका साथै मास्टर कुमार कार्कीले अवार्ड प्रदान गरेका थिए । मास्टर हल अफ फेमले हरेक वर्ष मार्शल आर्ट बिकाशका लागि काम गर्ने मार्शल आर्ट कर्मीलाइ अवार्ड प्रदान गर्छ ।

Comment