कुमार र रमेश सम्मानीत

kumar rai
न्यूडायमण्ड एकेडेमीका प्रिन्सिपल एवंम् प्रशिक्षक कुमार राईलाई दिपशिखा युवा क्लबले सम्मान गरेको छ । उच्चकोटीको खेलाडी उत्पादन गरि राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च राख्न उल्लेखनिय कार्य गरेको भन्दै राईलाई दिपशिखा युवा क्लबले सम्मान गरेको हो । पुरानो नैकापमा जापन कराते डो गोजुरियो ओसिकाई संघको शाखा डोजो उद्घाटनका अवसरमा फुटबलका पूर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकी र जापन कराते डो गोजुरियो ओसिकाई संघको केन्द्रिय डोजोलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा आयोजकका अध्यक्ष रवि बुढाथोकी,होस्टे हैसे सहकारीका अध्यक्ष दिपक पनेरुलगायतको उपस्थिति रहेको थियो ।

Comment