१४ औं प्याब्सन स्पोर्टस् मिटमा सिनियर तथा जुनियर फुटबल जारी

पोखरा
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा सञ्चालित १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत जारी फुटबल प्रतियोगितामा सोमबार सिनियरतर्फ १० तथा जुनियरतर्फ १२ खेल सम्पन्न भएका छन् ।
जुनियर लेभलको खेलमा धौलागिरि बोर्डिङ स्कुल, पोखरा एकेडेमी, नीलगिरि बोर्डिङ स्कुल, गुरुकुल विद्यासदन, ज्यातिकुञ्ज बोर्डिङ स्कुल, पोखरा लर्नर्स एकेडेमी, स्नो भ्यू एकेडेमी र बालकल्याण बोर्डिङ स्कुल प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन ्।
सोमबार समूह ए को खेलमा धौलागिरि बोर्डिङ स्कुलले ताराकुञ्ज बोर्डिङ स्कुललाई १–०, पोखरा एकेडेमीले प्रतिभा उमाविलाई ८–०, नीलगिरि बोर्डिङ स्कुलले सिद्धार्थ बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२, गुरुकुल विद्यासदनले पास्कल एकेडेमीलाई टाइब्रेकरमा ५–२, ज्योतिकुञ्ज बोर्डिङ स्कुलले कञ्चनजंघा बोर्डिङ स्कुललाई १–०, पोखरा लर्नर्स एकेडेमीले नोभेल एकेडेमीलाई १–०, स्नो भ्यू एकेडेमीले ग्लोबल कलेजियट उमाविलाई ४–० तथा बालकल्याण बोर्डिङ स्कुलले भ्यूपोइण्ट स्कुललाई ३–० ले पराजित गरेका थिए।
यस्तै समूह बी का खेलमा  फिस्टेल एकेडेमीले नवदीप बोर्डिङ स्कुललाई ३–०, पोखरा स्पाइरल ग्यालेक्सी स्कुलले पश्चिमाञ्चल उमाविलाई ३–१, हिमाञ्चल बोर्डिङ स्कुलले डायमण्ड बोर्डिङ स्कुललाई ३–१ तथा रेन्बो एकेडेमीले बालोदय उमाविलाई १–० ले पराजित गरेको फुटबल खेल संयोजक जगत थापाले जानकारी दिए ।
सिनियर लेभलको खेलमा ताराकुञ्ज बोर्डिङ स्कुलले तारापुञ्ज बोर्डिङ स्कुललाई २–०, सिर्जना उमाविले प्रतिभा उमाविलाई १–०, शान्तिदीप बोर्डिङ स्कुलले डायमण्ड बोर्डिङ स्कुललाई ५–०, न्यू एरा एकेडेमीले शान्तिनिकुञ्ज बोर्डिङ स्कुललाई ३–१, टप्स उमाविले लेखनाथ विभूतिलाई ९–०, पोखरा एकेडेमीले पिकेजीलाई ७–१, स्नो भ्यू एकेडेमीले पेखरा युनाइटेडलाई ३–०, भ्यूपोइण्ट बोर्डिङ स्कुलले लक्ष्मीआदर्श उमाविलाई टाइब्रेकरमा ५–४, हाइवेगार्डेन स्कुलले ग्लोबल कलिजियट उमाविलाई २–१ तथा सोसल पब्लिक स्कुलले प्रगति उमाविलाई १–० ले पराजित गरेको प्याब्सन कास्कीका सहसचिव राजु अधिकारीले जानकारी दिए।  मड्डलबार जुनियरतर्फ १० तथा सिनियरतर्फ १० खेल हुनेछन्।
जुनियर लेभलको खेल हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा तथा सिनियर लेभलको खेल क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दी र सहारा एकेडेमीको खेलमैदान दोबिल्लामा सञ्चालन हुनेछ। जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ। जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर २५ गते पोखरा रड्डशालामा हुनेछ ।

Comment