विपुल र प्रेमिशालाई स्वर्ण

table tenniss
आदर्श विद्या मन्दिर (एभीएम) काद्वय विपुल महर्जन र प्रेमिशा कार्कीले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ सोमबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा विपुल र गल्र्समा प्रेमिशाले पहिलो स्थान हात पारेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धात्मक फाइनलमा विपुलले युसीपीएसका घनाश्याम शर्मालाई ११–८, ४–११, ७–११, ११–७ र ११–५ को सेटमा पराजित गरे । एभीएमका राजु श्रेष्ठ र क्यारिना इन्टरनेसनल एकेडेमीका नवीन गुरुङ तेश्रो भए ।
अर्को फाइनलमा प्रेमिशाले श्रीदिवा इन्टरनेसनल स्कुलकी रिता फुटीलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराइन् ।जगत सुन्दरकी सरिना महर्जन र ह्वाइटफिल्डकी लुजला श्रेष्ठ तेश्रो बने ।
स्कुलतर्फ नै विजेश्वरी उमाविकी दुर्गा राजभण्डारी गल्र्स यु–१२ सिंगल्समा च्याम्पियन बनिन् । उपाधि भिडन्तमा दुर्गाले प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी सोनिया तामाङको चुनौती ११–९, ३–११, ११–५ र ११–५ ले समाप्त पारिन् । एभीएमकी लस्ता महर्जन र श्रीदिवाकी मनीषा तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।
ब्वाइज यु–१० सिंगल्समा होली गार्डेन बोर्डिङ स्कुलका विवेक खनालले ग्यालेक्सी पब्लिक स्कुलका मिङसो लिम्बूलाई ८–११, ११–५, ११–७ र ११–९ ले पाखा लगाउदै स्वर्ण हात पारे । श्रीदिवाका छिरिङ शेर्पा र अन्नपूर्ण उमाविका सुदीप कटुवाल तेश्रो भए ।
स्कुलकै ब्वाइज र गल्र्स दुवै टिम इभेन्टमा एभीएमले बाजी मा¥यो । एभीएमले ब्वाइजमा नियोलोजियन एकेडेमीलाई ३–० तथा गल्र्समा विजेश्वरीलाई ३–१ ले पन्छ्याउदै स्वर्ण जित्यो । यससंगै स्कुलतर्फका खेलहरु सम्पन्न भएको छ । अब कलेजतर्फका खेलहरु बुधबारदेखि सुरु हुने आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघले जनाएको छ ।

Comment