नेकोस राष्ट्रव्यापी जुडो बुधबारदेखि

judo  press conference1
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिता बुधबारदेखि नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलातर्फ समान ९–९ गरी जम्मा १८ स्वर्णका लागि प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव एवं राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । विभिन्न जिल्ला र क्लब गरी ३५ टिमका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
प्रथम हुने टिमलाई ५ हजार १ सय ११, दोश्रोलाई ३ हजार १ सय ११ र तेश्रोलाई २ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान १ हजार १ सय ११ नगद पुरस्कार दिइनेछ ।
आयोजकका अनुसार दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय रेफ्री सेमिनार आइतबारदेखि नै सुरु भइससेको जानकारी दिइयो ।

Comment