सोनिक शीर्ष स्थानमा

shootinge
तक्षशिलाका सोनिक भण्डारी उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगिताको पहिलो दिन आइतबार छात्रतर्फ शीर्ष स्थानमा छन् । उनले कुल २ सयमा १ सय ९३ अंक जोडे ।स्पोर्ट्स फर अल कमिसन तथा नेपाल सुटिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा १ सय ८८ अंकसाथ कान्तिपुरीका नितेश लामा दोश्रो तथा १ सय ८७ अंकसाथ सैनिक महाविद्यालयका सन्दिप कुँवर तेश्रो स्थानमा छन् ।
छात्रातर्फ १ सय ९२ अंकमा तक्षशिलाकी आयुश्मा केसी पहिलो, १ सय ८६ अंकमा तक्षशिलाकै मेलिना नेपाल दोश्रो तथा १ सय ८४ अंकमा जेएन मेमोरियलकी पेम्बा शेर्पा तेश्रो स्थानमा छन् । छात्राको प्रतिस्पर्धा पनि २ सय पूर्णाङकमा भएको थियो ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले एक कार्याक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ४६ खेलाडी सहभागी छन् ।

Comment