सामरीस्लाम टेनिस जारी

tennis for insert1
मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत  सामरी स्लाम टेनिस प्रतियेगिताको दोस्रो दिन भएको ३५ बर्ष माथिको भेट्रान स्पर्धामा निसान क्षेत्रीले हरि सिग्देललाई ३–६,६–३,१०–३ ले पराजित गरे । कृष्ण घलेले निमा शेर्पालाई ६–०,६–१ ले तथा विकास गुरुंगले गोबीन्द कासुलालाई ६–२,६–३ ले पराजित गरे ।  सुदर्शन बिस्टले साजन ढुंगानालाई ६–०,६–०ले र सुबोध अधीकारीले नबीन श्रेष्ठलाई ६–२,७–५ ले पराजित गरे । विजयी खेलाडी क्वार्टरफाइनलमा प्रबेश गरे ।
फन डबल्समा कृष्ण घले र सैलेस महतले चन्द्र मान तुलाधर र सुबोध अधीकारीको जोडीलाई ८–४ ले तथा पेम्बा तान्छी अनील शाहीको जोडीले गोबीन्द कासुला र तेन्जी शेर्पाको जोडीलाई ८–३ ले पराजित गर्यो ।  सन्तोष खत्री र भिम लामाको जोडीले कृपा शेर्पा र राजु श्रेष्ठको जोडीलाई ८–१,पेम्बा तासी र अनील शाहीको जोडीले गोबीन्द कासुला र तेन्जी शेर्पाको जोडीलाई ८–३ले तथा गौतम लाल प्रधान र रोहीत सुनुवारको जोडीले सुरज थापा र साजन ढुंगानाको जोडीलाई ८–६ ले पराजित गरे । अन्य खेलमा आत्मराम कार्की र चन्द्र मान तुलाधरको जोडीले राजेन्द्र गुरुंग र सुर्य अधीकारीको जोडीलाई ८–३ ले,  निसान क्षेत्री र कमल भण्डारीको जोडीको इन्द्र जित राइ र सुर्य भुषण बज्राचार्यको जोडीलाई ८–२ ले पराजित गरे । विजयी जोडी क्वार्टरफाइनलमा प्रबेश गरे । प्रतियोगिताको सुपारीटार ब्यारेकका डिभिजन कमान्डर  मेजर जनरल बलदेब राज महतले उद्घाटन गरेका थिए ।
४५ बर्ष माथिको भेट्रानमा सुर्य भुषण बज्राचार्यले बिमल गुरुंगलाई  ६–१, ६–४ ले हराए । ६० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको पुरस्कार प्रायोजन जयकर टेनिस एकेडेमीले गरेको छ ।

Comment