विजय र कृष्णको जोडीलाई स्वर्ण

tennis olye
ओलम्पिक डेका अवसरमा आयोजित फन गेम लन टेनिस प्रतियोगितामा विजय शंकर श्रेष्ठ र कृष्ण थापाको जोडी केशव राज पाण्डे र अभिलाषा बिष्टलाई पराजित गर्दै ओलम्पिक डे स्वर्ण प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा मनोज शमसेर जबरा र सशर्ष चन्द तथा जयजीव हाडा र धर्म शाहीको जोडीले कास्य पदक पाए ।
विजयी खेलाडीहरुलाई स्पोर्ट्स फर अल कमिसनका संरक्षक बिष्णु गोपाल श्रेष्ठ र नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश कुमार श्रेष्ठले पदक वितरण गरेका थिए ।

Comment