फेन्सिङ्गमा एपिएफ टिम च्याम्पियन

नेपाल एपिएफ क्लबले प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला तथा पुरुष दुवै तर्फ टिम च्याम्पियन भएको छ । एपिएफले महिलातर्फ १७ र पुरुषतर्फ १९ अंक हासिल ग¥यो । प्रतियोगितामा अधिकांश पदक आफ्नो पोल्टामा हाल्न सफल एपिएफका जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते । अर्को कास्य शिवपुरी उ.मा.बि.का ओमकार सिंहले हात पारे ।
महिला व्यक्तिगतमा कास्कीकी राखी शर्माले एपिएफकी सुकुमाया घिसिङ्गलाई पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा एपिएफका जानुका स्याङताङ्ग र तुलसा बुढाथोकी रहे । इपीकै पुरुष टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पा¥यो । त्रिभुवन आर्मीले रजतमा चित्त बुझायो भने शिवपुरी उ.मा.बि.ले कास्य प्राप्त ग¥यो । महिलातर्फ एपिएफले शिवपुरीलाई पछाडि पार्दै स्वर्ण आफ्नो कब्जामा लियो । त्रिभुवन आर्मीले कास्य पायो ।
दुईदिने च्याम्पियनसिपको फ्वाईल पुरुष ब्यक्तिगततर्फ काँडाघारी फेन्सिङ्ग क्लबले सेनालाई पराजित गर्दै स्वर्णमा कब्जा जमायो । तेश्रो स्थानमा एपिएफका गणेश थापा र धापासीका अमित भण्डारी रहे । यस्तै महिला ब्यक्तिगततर्फ त्रिभुवन आर्मीकी रमाकुमारी सिंहले स्वर्ण प्राप्त गरिन् । एपिएफकी उर्मिला माझीले रजत तथा आर्मीकी सुमित्रा भण्डारी र एपिएफकी मन्दिरा थापाले कास्य पाए ।
फ्वाईल तर्फको पुरुष टिम ईभेन्ट्सम ाआर्मीले बाजी मा¥यो । दोश्रो स्थानमा एपिएफ र तेश्रो स्थानमा कास्की फेन्सिङ्ग संघ रह्यो । महिलातर्फ एपिएफले आर्मीलाई पछिपार्दै स्वर्ण जित्यो । शिवपुरी उ.मा.बि.ले कास्यमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, सदस्य निलेन्द्र राजश्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment