सामरीस्लाम टेनिस सुरु

tennisfor insert 2tennis for insert1
मकवानपुर लनटेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत  सामरी स्लाम टेनिस प्रतियेगिता आइतबार सुरु भयो । ४२ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा पुरुष एकल, ३५ बर्ष माथिको भेट्रान, ४५ बर्ष माथिको भेट्रान, ५५ बर्ष माथिको भेट्रान र फन डबल्स गरी पाच स्पर्धा समाबेश छन् ।
पहिलो दिन भएको पुरुष एकलको खेलमा सन्तोष खत्रीले सैलेस महतलाई ६–१,६–१ ले सुरज थापाले गौरव शाहीलाई ६–४,६–७,६–३ ले तथा कमल भण्डारीले सतीस शर्मालाई ६–१,६–१ ले पराजित गरे । फन डबल्समा गौतम लाल प्रधान र रोहीत सुनुवारको जोडीले महेश श्रेष्ठ र भगवती बिकको जोडीलाई ८–५ ले पराजित गरे ।
प्रतियोगिताको उद्घाटन समारोहमा सुपारीटार ब्यारेकका डिभिजन कमाण्डर मेजर जनरल बलदेब राज महतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । मकवानपुर जिल्ला लन टेनिस संघका प्रमुख दिपेन्द्र चन्दले स्वागत मन्तब्य ब्यक्त गरे ।

Comment