भलिबल खेलाडीको सम्मान

volleyball2
दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक विजेता नेपाली महिला भलिबल टोली सम्मानित भएका छन् ।
नेपाल भलिबल संघले ओलम्पिक डे को अवसर पारेर काठमाडौंमा शुक्रबार पदक विजेता महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सघंले प्रत्येक खेलाडी तथा अफिसियललाई १० हजार रुपैया सहित सम्मान गरेको हो । खेलाडी तथा अफिसियललाई राखेप उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, नेपाल भलिबल संघका अध्यक्ष्ँ मनोरञ्जन शर्मा लगायतले नगद प्रदान गरेका थिए । नेपालले कास्य पदक जित्दा विनिता बुढाथोकी, मन्जु गुरूङ, नेविका चौधरी, सरस्वती चौधरी, अरुणा शाही, प्रतिभा माली, मनिषा चौधरी, कमला पुन, कोपिला उप्रती, रेश्मा भण्डारी, कृपा अधिकारी र उषा विष्ट सहभागि थिए । ritaeसोहि अवसरमा राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा नेपाल भलिबल संघको सदस्यमा मनोनित भएकी रिता कोइरालालाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Comment