कुराँस च्याम्पियनसिप शनिबार

ktm dhurba1
ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ ।प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ५–५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने कुराँस संघका अध्यक्ष डानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने महासचिव ध्रुवराज न्यौपानेले बताए ।
आयोजकका अनुसार करिब ४ लाख ७० हजार रुपैयाँ खर्च हुने प्रतियोगिताका खेलहरु धापासीस्थित मेरी गोल्ड हेल्थ क्लबमा हुने छ । ओभरसिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता हुने लागेको हो ।
प्रतियोगिताअघि खेल विधि बारे एकदिने प्रशिक्षण पनि हुने छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय कुराँस संघका निर्णायकको पनि उपस्थिति रहने बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जेठ २५ गतेको निर्णानुसार दानबहादुर घिसिङको अध्यक्षतामा नेपाल कुराँस संघ राखेपमा १६० औं संघका रुपमा दर्ता भएको थियो ।

Comment