ह्यान्डबलमा नेपाल फेरी तेश्रो

hand ball
पाकिस्तानको फैसलाबादमा सम्पन्न आईएचएफ ट्रफी ह्यान्डबल प्रतियोगितामा नेपाली महिला टिम आइतबार तेस्रो भएको छ ।
दोश्रो संस्करणकै उपलब्धी हासिल गर्ने क्रममा नेपालले यमनलाई २५–१३ गोलले पराजित ग¥यो । पूर्वी मध्यतराइको उदयपुर जिल्लाको बेलटारका खेलाडीको अत्याधीक प्रभवा रहेको नेपाली टोलीका लागि निशा राई र कविता राईले ८–८, टीका पुनले ५, जिना राईले ३ र सुस्मिता गुरुङ्गले १ गोल गरे । गत संस्करणमा पनि नेपाली महिला टोली तेश्रो भएको थियो । दोश्रो संस्करणदेखि महिलाको स्पर्धा थपिएको हो । नेपाली महिला टोलीका अधीक खेलाडीलाई सुरुवाती चरण देखि नै प्रशिक्षण दिदै आएकी बिन्दा थापा अहिले पनि टोलीको जिम्मेवारीमा रहेकी छिन् । टोलीको सफलताले आफूलाई खुसी लागेको उनले बताइन् ।
नेपाली पुरुष टिमले भने पाँचौ स्थानमा चित्त बुझायो । नेपालले अन्तिम खेलमा मालदिभ्सलाई २२–१५ ले हरायो ।
अन्तराष्ट्रिय ह्यान्डबल महासंघले आयोजना गर्ने आईएचएफ ट्रफी मध्य क्षेत्रीय दक्षिण एसियाली मुलुकहरुबीच प्रत्येक दुई वर्षमा हुने गर्दछ । यसमा दक्षिण एसियाका ८ राष्ट्र र यमन गरी ९ राष्ट्र छन् । पुरुषमा ७ र महिलामा ६ टिम सहभागी थिए ।

Comment