क्याडेट र जुनियर जुडो टोली हङकङ जाने

judo farewelll
पन्ध्रौं एसियाली जुनियर तथा आठौं क्याडेट जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार हङकङ जाने भएको छ ।
डिसेम्बर ११ देखि १४ तारिखसम्म चल्ने प्रतियोगिताको जुनियरमा २ तथा क्याडेटमा ४ खेलाडी गरी जम्मा ६ खेलाडीले नेपालको चु्नौती प्रस्तुत गर्नेछन् ।
जुनियरको पुरुष ६० केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ६३ केजीमुनि फुपुल्हामु खत्रीले प्रतिस्पर्धा गर्नेछन् । क्याडेटको पुरुष ५५ केजीमुनि सुदेश दोङ र ५० केजीमुनि किरण गडेल तथा महिलाको ४४ केजीमुनि पूजाकुमारी श्रीवास्तव र ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाउनेछन् ।
टिम व्यवस्थापकमा सुरज डोटेल तथा प्रशिक्षकमा पदमबहादुर बुढाथोकी रहेका छन् भने मनोजबहादुर केसीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
टोलीको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चार लाख, जुडो युनियन अफ एसियाले पाँच हजार अमेरिकी डलर, पामले दुई खेलाडीका लागि टिकट तथा हङकङमा रहेका पूर्व जुडो खेलाडीहरु नवीनकुमार सुनवार, हरिकुमार लामा र सानु गुरुङले दुई खेलाडीको बसोवास÷खानाका लागि प्रायोजन गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
त्यस्तै प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको कार्यसमिति बैठकमा सहभागी हुन अध्यक्ष वज्राचार्य भने आइतबारै हङकङ प्रस्थान गरेका छन् । वज्राचार्य जुडो युनियन अफ एसियाका उपाध्यक्ष पनि हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेप सदस्य–सचिव युवराज लामा र सदस्य मनबहादुर न्यौपानेले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment