नबीता र सुप्रसिद्ध ग्रीस जाने

noc bidaieनेपाल ओलम्पिक एकेडेमीको प्रतिनिधीत्व गर्दै ग्रीसको एथेन्समा हुने ५६ औ “ इन्टरनेसनल सेसन फर यङ्ग ” मा सहभागि हुने टेबल टेनिस खेलाडी नबीता श्रेष्ठ र जुडो खेलाडी सुप्रसद्धि ताम्रकारलाई शुक्रबार ओलम्पिक भवनमा विदाइ गरियो । दुवै खेलाडी शनीबार त्यस तर्फ प्रश्थान गर्दै छन् । यी दुवैले नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक एकडेमीका गतीबीधीका साथै लक्ष्य, प्राथमिकता र भबीश्यमा ओलम्पिक शिक्षा र ओलम्पिक मुभमेन्टका बारे प्रतिबेदन प्रश्तुत गर्ने छन्।
सेमिनारमा सहभाथि नबीता आधा दशक देखिी नेपाली टेबल टेनिसमा एकछत्र राज गरेकी खेलाडी हुन् । अध्ययनशील र मिहेनती स्वभाबकी यी खेलाडी खेलकुदलाई प्राज्ञीक स्वरुप दिन आकांक्षी ब्यक्तित्व हुन् । एथेन्सको यो समारोहको उद्धेश्य ओलम्पिक महत्व र इतीहासबारे धेरैलाई जानकार गराउनु रहेको छ ।
यी खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुब बहादुर प्रधान, ओलम्पिक कमिटी उपाध्यक्ष ज्योती राणा र ओलम्पिक एकेडेमीका निर्देशक सुजन लाल श्रेष्ठका साथै ओलम्पिक कमिटी सदस्य निलेन्द« श्रेष्ठ र दिपक हर्ष बज्राचार्यले विदाइ गरे ।

Comment