पूर्णमान स्मृति टेबलटेनिस आइतबारदेखि

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिता आइतबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ ।
प्रतियोगितामा कलेज र स्कुलतर्फ गरी जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष एवं स्व. पूर्णमानका छोरा धर्ममानले जनाएका छन् ।
कलेजतर्फ ब्वाइज÷गल्र्सको सिंगल्स, डबल्स र टिम गरी ६ स्पर्धामा भिडन्त हुनेछ । स्कुलतर्फ ब्वाइज÷गल्र्सतर्फ यु–१२, यु–१४ र यु–१६ उमेरसमूहअन्तर्गत सिंगल्समा खेल हुनेछ । त्यस्तै ब्वाइज÷गल्र्सको टिम इभेन्टमा पनि खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित सलिम स्पोर्ट्स इन्टरप्राइजेजको प्रायोजनमा हुन लागेको प्रतियोगितामा स्कुलतर्फ १ सय २५ र कलेजतर्फ ५० गरी जम्मा १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Comment