नेपाली फुटबल फेरी कार्बाहीमा

Nepal-u16

१६ बर्ष मुनीको एएफसी च्याम्पियनसीपमा बढी उमेर खेलाडी खेलाएको कारण  एसियाली फुटबल महासंघ ( एएफसी)ले एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना तोकेको छ । सात सेप्टेम्बरमा उज्वेकिस्तान तथा ११ सेप्टेम्बरमा उत्तरकोरियासंग भएको खेलमा बढी उमेरका खेलाडी खेलाएको कारण एएफसीले जरिवाना तोकेको हो । साथै ती दुवै खेलको परिणाम उज्वेकिस्तान र उत्तर कोरियासंग नेपाल शुन्यकाविरुद्ध तीन गोलले पराजित भएको ठहर एएफसीको अनुशाषन कमिटीले गरेको छ । एक महिना भित्र जरीवाना तीर्न एन्फालाई एएफसीले पत्र पठाएको छ । साथै यस खाले घटना दोहरिएमा कडा कार्बाहीको चेतावनी पनि दिइएको छ   ।
तस्बिर सौजन्य ः गिभमि गोलडटकम

Comment