झिरे र आर्मी फाइनलमा

army volleyball
राजन दाहाल
थाहानगर– उत्तरी मकवानपुरको थाहानगरीमा जारी प्रथम थाहा राष्ट्रिय भलिबल प्रतियोगिता–२०७१ को फाइनलमा झिरे स्पोर्टस् काठमाडौं र त्रिभुवन आर्मी क्लब भिड्ने पक्का भएको छ । शुक्रबार भएको सेमिफाइनलमा झिरेले नवलपरासी भलिबल संघलाई र आर्मीले सशस्त्र प्रहरीको (एपीएप) क्लबलाई पराजित गर्दै उपाधिका लागि शनिबार हुने फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
झिरेले नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । झिरेले २५–२०, २५–२३ र २५–२३ को स्कोरमा पराजित गरेको हो । पहिलो सेट जितेर पनि अग्रतालाई जोगाउन नसक्दा सशस्त्रले आर्मीसँग पराजित हुन पुग्यो । आर्मीले सशस्त्रलाई २०–२५, २५–१९, २५–१९ र २५–१३ को सेटमा पराजित ग¥यो । आर्मीले राष्ट्रिय प्रतियोगितामा सशस्त्र पराजित गरेको यो नै पहिलो हो ।
प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार सशस्त्र र नवलपरासी भिड्नेछन् । थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सात टोलीको सहभागिता रहेको थियो । लिगकम नकाउटको आधारमा सञ्चालित प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद ६० र ३० हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा तेस्रो र सान्त्वना हुने टोलीलाई १५ र १० हजार रुपियाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Comment