भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा

पोखरा ः  बगर भाइखलक कास्की, नेपालको आयोजनामा यही मङ्सिर २४ देखि २७ गतेसम्म पोखरामा सञ्चालन हुने चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
४० वर्षभन्दा माथिका खेलाडीको लागि मात्र हुने प्रतियोगितामा काठमाडौंबाट प्रसिद्ध अभिनेता धीरेन शाक्यको फोर्टी प्लस, पूर्व राष्ट्रिय खेलाडी बालगोपाल महर्जनको अल स्टार्स, पूर्व राष्ट्रिखेलाडी विराटजंग शाहको सानो गौचरण नाइट किड्ड क्लबसहित चार टीम, हेटौंडाबाट एक टीम तथा स्थानीय गरी करिब १६ टीमले सहभागिता जनाउने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पुरानो टुँडिखेलस्थित राष्ट्रिय उमाविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न सात लाख खर्च लाग्ने अनुमान गरिएको बगर भाइखलक नेपालका महासचिव यामबहादुर गुरुङले जानकारी दिए। प्रतियोगितामा विजेता टीमलाई ४४ हजार चार सय ४४ तथा उपविजेता टीमलाई नगद ३३ हजार तीन सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसवर्षदेखि पुरस्कार राशिमा वृद्धि गरिएको हो। गत वर्ष विजेतालाई ३३ हजार तीन सय ३३ र उपविजेतालाई २२ हजार दुई सय २२ पुरस्कार थियो।
यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार तथा प्रतियोगितामा सहभागीमध्ये ज्येष्ठ खेलाडीलाई सम्मान गरिने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए।
प्रतियोगिताको माध्यमबाट विगतमा सँगै खेलेका पूर्व खेलाडीहरूको भेटघाट भई सम्बन्ध नवीरकण हुने र समाजका प्रत्येक क्षेत्रका व्यक्तित्वलाई स्वास्थ्यप्रति जागरूक बनाइ कमसेकम दिनमा आÇनो स्वास्थ्यको लागि एक घण्टा व्यायाम गर्नुपर्छ भन्ने सन्देश दिन पनि प्रतियोगिता आयोजना गरिएको बगर भाइखलक नेपालका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए।
उनले ४० वर्षभन्दा माथिका खेलाडीको लागि सञ्चालन गरिएको यो प्रतियोगितामा नेपालमै पहिलो र सम्भवत दक्षिण एसियामै पहिलो भएको हुँदा यसलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले आÇनो वार्षिक क्यालेण्डरमा राखेर सञ्चालन गर्ने वातावरण सिर्जना गर्नु पनि रहेको बताए।
अग््जलाई सम्मान,समकालीनलाई व्यायाम र नयाँ पिंढीलाई खेलप्रति उत्प्रेरण जनाउने मुख्य उद्देशय रहेको प्रतियोगिताको उद्घाटन समारोहमा फुटबल खेल विकासमा विशेष योगदान दिएबापत एक जना पूर्व खेलाडीलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत यसवर्ष पूर्व खेलाडी, पूर्व राष्ट्रिय रेफ्री शम्भु कार्कीलाई ताम्रपत्र एवं दोसल्लाले सम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए।
प्रतियोगिता सम्पन्न गर्न बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ तथा तेजबहादुर गुरुङ सहसंयोजक रहेको  मूल आयोजक समिति तथा  विभिन्न उपसमिति गठन गरिएको छ।
जसअनुसार आर्थिक उपसमितिको संयाजकमा ईश्वर गुरुङ, प्रचार–प्रसार उपसमितिको संयोजकमा मनकाजी गुरुङ, टीम व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्र (ईश्वर) गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा ओमकार गिरी र सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा नारायणप्रसाद शर्मा रहेका छन्।
स्वास्थ्य तथा प्राविधिक उपसमितिको संयोजकमा बाबुराम पौडेल, खेल मैदान मर्मत उपसमितिको संयोजकमा प्रदिप राई, अतिथि सत्कार उपसमितिको संयोजकमा रमेश श्रेष्ठ, पुरस्कार, प्रमाणपत्र, मायाको चिनो उपसमिति संयोजकमा चन्द्र गुरुङ (ईश्वर), स्वयंसेवक, युवा परिचालन उपसमितिको संयोजकमा सन्तोष (धने) गुरुङ, सहसंयोजकमा खगेन्द्र गुरुङ, अन्तर्राष्ट्रिय सम्पर्क उपसमिति  संयोजकमा तेज गुरुङ तथा सहसंयोजकमा जुमप्रसाद गुरुङ रहेका छन् ।

Comment