एलआरआईको जित

डिफेन्डिङ च्याम्पियन एलआरआईले१९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
एलआरआईले डाफोडिललाई ६–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि कृष बलमे ४ तथा सुशान्त न्यौपाने र डायमन्डजंग थापाले १–१ गोल गरे ।
त्यस्तै डोल्फिन र त्रियोगबीचको खेल १–१ को बराबरीमा टुंगियो । काठमाडौं युनिभर्सिटी हाइ स्कुल (केयुएचएस) र इडेन गार्डेन इङलिस स्कुलबीचको खेल पनि बराबरीमा सकिने क्रममा गोलरहित बन्यो ।

Comment