पौडी खेलाडीद्वारा आफ्नो खेलमा सुधार

swimming1
कतारको दोहामा आयोजित छोटो दूरीको १२ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले अफ्नो प्रदर्शनमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएकाछन् ।
प्रदर्शलाई सुधार गर्ने क्रममा शिरिष गुरुङ्गले फ्रिस्टाईलको २०० मिटर दूरी २ मिनट ०६.३५ सेकेन्डमा पुरा गरे ।
२५ मिटरको छोटो दूरीको पुलमा भएको प्रतियोगितामा सोफिया शाहले १०० मिटर स्टाईल १ मिनट ०३.८८ सेकेन्डमा पुरा गरिन् ।
यस्तै निहारीका तुलाधरले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ००.३८ सेकेन्डको समय लगाईन् । डिसेम्बर ३ देखि संचालित प्रतियोगिता ७ तारिखसम्म चल्नेछ ।

Comment