संरक्षक र इरा पहिलो

samrachyakeसंरक्षक भूषण वज्राचार्य र इरा एम. रावतले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको अन्तिम दिन शनिबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा इरा पहिलो भए । जुनियर लनटेनिस खेलाडीहरुका अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ६–३ र ७–६ को सेटमा पराजित गरे ।
गल्र्सको राउन्ड रोविन लिगमा सबै खेल जित्ने क्रममा इराले अन्तिम खेलमा एनी माथेमालाई ६–३ र ६–३ को सोझो सेटमा हराउदै शीर्ष स्थानमाथि कब्जा जमाइन् । तीन खेलाडी सहभागी यस स्पर्धामा एनीलाई हराउनुअघि इराले अभिलाषा विष्टलाई ७–६, ३–६ र ६–४ ले निराश पारेकी थिइन् । दोश्रो भएकी अभिलाषाले एनीलाई ६–२, ३–६ र ६–४ ले पाखा लगाइन् । दुवै खेल गुमाएकी एनी तेश्रो स्थानमा सीमित भइन् ।
यु–१२ ब्वाइज सिंगल्समा अदित सुवेदी पहिलो भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अदितले सहोदर भाइ आदित्य सुवेदीको चुनौती ४–६, ६–३ र ६–३ ले समाप्त पारे ।यु–१० ब्वाइज सिंगल्समा भने आदित्य उपाधि जित्न सफल भए ।उनले फाइनलमा आरभसम्राट हाडालाई ६–२ र ६–३ को सोझो सेटमा पन्छाए ।
ब्वाइज डबल्समा दाइभाइ संरक्षक र सम्यकभूषण वज्राचार्यको जोडी च्याम्पियन बने । फाइनलमा उक्त जोडीले प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–४, ३–६ र १०–७ ले पाखा लगाए । यु–१२ गल्र्स सिंगल्सको फाइनलमा रायना शाहले सिरिश्ता राईलाई ६–१ र ६–२ ले हराउदै पहिलो स्थान हासिल गरिन् । यु–१४ गल्र्स सिंगल्समा स्वर्ण जितेकी प्रेरणा कोइरालाले उपाधि भिडन्तमा लुमु लामालाई ६–० र ६–० को सीधा सेटमा पाखा लगाइन् ।
विजेतालाई अखिल नेपाल लनटेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, लनटेनिस संघका सदस्य एवं आयोजकका अध्यक्ष अजय विष्ट, प्रशिक्षक कृष्णराज घलेलगायतले पुरस्कृत गरे ।पाँचदिने प्रतियोगितामा १ सय ७५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापनका अवसरमा फन गेम पनि आयोजना गरिएको थियो । नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको फन गेममा करिब ४० जनाको सहभागिता रहेको थियो ।

Comment