विवेकलाई छैटौ स्थान

bibek1

नेपालका युथ च्याम्पियन विवेक लामाले एसियन युथ बुद्धीचालप्रतियोगितामा छैटौ स्थान हात परेका छन् । फीलीपीन्समा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम तथा नवौ चरणमा विवकेले फीलीपीन्सका रिलोराजा इस्ट्रालीटोलाई पराजित गरे । प्रतियोगितामा भारतीय आइएम नारायनन श्रनाथले आठ अंक सहित पहिलो स्थान हात पारे । फीलीपीन्सका एफएम बर्सामीना पावलो सात अंक सहित दोस्रो तथा फीलीपीन्सकै आइएम गार्सिया एम इमानएल ६.५ अंक सहित तेस्रो भए । मंगोलियका एमएम बिल्गुयन सुल्मीया ५.५ अंक सहित चौथो तथा समान अंक भएका फीलीपीन्सका सामन्टीना डारियल युनिक्स पाचौ भए । विवकेले ५ अंक जोडे ।
महिला तर्फ नेपालकी बिणा जयसवाल १.५ अंक सहित १५ औ स्थानमा सिमित रहिन् । उनी अन्तिम चरणमा फीभइनलीपीन्सकी डानडियागो जरन माइसंग पराजित भइन् ।

Comment