युएइका खेलाडी माथि विवेकको जित

bibek1
फीलीपीन्समा जारी एसियन युथ बुद्धीचाल प्रतियोगिताको आठौ चरणमा नेपालका विवेक लामाले युएएयका मइएद अल रसादीलाई पराजित गरेका छन् । विवकेको चार अंक छ । उनले नवौ चरणमा फीलीपीन्सकै रिलीरोजा इस्ट्रालीटोसंग खेल्ने छन् । प्रतियोगितामा भारतका आइएम रायानन श्रीनाथले उपाधि जितेका छन् ।
महिला तर्फ बुधबार भएका दुवै खेलमा नेपालकी विणा जयसवाल पराजित भएकी छिन् । उनी सातौ चरणमा फीलीपीन्सकी मृन्डोजा सानीया मेइ तथा आठौ चरणमा काजकिस्तानकी झील्काइडारोभा सोल्पानसंग पराजित भइन् । प्रतियोगितामा फीलीपीन्सकी सुडे मुके चालर््नी ६ अंक सहित शिर्ष स्थानमा छिन् ।

Comment