फागुनको दोस्रो साता पोखरा म्याराथन

पोखरा
पूर्व खेलाडीहरुको साझा संस्थाको रुपमा स्थापित भूतपुर्व खेलाडी मञ्च  नेपालले पुनः पोखरा म्याराथन प्रतियोगिता लाई ब्युँताउने भएको छ । आफ्नो स्थापनाकाल २०५८ देखि म्याराथनको आयोजकको रुपमा पोखरा म्याराथनलाई निरन्तरता दिदैं आएकोमा करिव तिन वर्ष अघि देखि प्रतियोगिता स्थगित रहेको थियो ।
मञ्चको सम्पन्न वैठकले पोखरा म्याराथन लाई निरन्तरता दिने निर्णय गरेको महासचिव हरी पराजुलीले वताए । “पोखरा म्याराथन प्रतियोगिताले पोखरालाई विश्वमा परिचय गराउन सहयोग पुगेको मात्र नभै खेलाडीमा उत्साह जगाउने कार्य गरेको छ” मञ्चका प्रथम उपाध्यक्ष तेज गुरुङ्ग भन्नुहुन्छ “पोखरा म्याराथनको स्थगनले खेलाडीलाई मात्र नभई पोखरेलीहरुलाई समेत निराश वनाएको कुरालाई इंगित गर्दै प्रतियोगिता सुरु गर्न लागेका हौं ।”
“पोखरा मात्र नभै यस क्षेत्रको खेलकुदलाई माथि उठाउन मञ्चको भूमिकालाई अझै फराकिलो वनाउदै छौ”ं महासचिव पराजुली भन्नुहुन्छ– “विश्वका अन्य ठुला शहरमा हुने म्याराथन झैं पोखरा म्याराथन पनि एक हो भन्ने कुरालाई पोखरेलीहरुले विर्सन हुँदैन ।”
पोखराको खेलकुद पर्यटनलाई पोखरा म्याराथनले सहयोगी भूमिका खेल्ने मञ्चका अध्यक्ष खड्ग रानाभाट वताउछन् । “फागुनको पहिलो साताहुने पोखरा म्याराथनलाई हामीले भव्य बनाउँदै छौं र यसलाई सफल वनाउनका लागि हामी सवै संग अपिल गर्दछौं ” उहाँले भन्नुभयो । मञ्चको सम्पन्न दोस्रो बैठकले पोखरा म्याराथन सम्पन्न गर्न अध्यक्ष रानाभाटको संयोजकत्वमा एक आयोजक समिती समेत गठन गरिएको छ भने ५ जना सल्लाहाकार समिति र २ जनालाई कार्य समितिमा मनोनित गरेको छ ।

Comment