नेपालको विजयी सुरुआत

handball pakistan
पाकिस्तानको फैसलावादमा मंगलबारबाट सुरु भएको आइ.एच ट्रफी २०१४ मा नेपाली महिला ह्याण्डवल टोलीले विजयी सुरुआत गरेको छ ।
गत संस्करणमा तेश्रो भएको नेपाली महिला टिमले अफगानिस्तानलाई ३३–१३ को भारी गोलअन्तरले हरायो । बविता राई एक्लैले १३ गोल गरिन् भने सुस्मिता गुरुङ्ग र जिना राईले ५÷५,  निशाराईले ४, टीकामाया पुनले ३ तथा लक्ष्मी राई, सपना राई र रमिलाले १÷१ गोल गरे ।
पुरुषतर्फ भेन नेपालले उद्घाटन खेलमा आयोजक राष्ट्रसंग पराजित भयो ।नेपाल पाकिस्तान संग ५५–१५ पछि प¥यो ।

Comment