ओलम्पिक कमिटीले सही निर्णय गरेको कारण एसियाडमा पदक ः श्रेष्ठ

oloympicprograme1

नेपाल ओलम्पिक कमिटीले  चौथो एसियाली बिच गेममा काश्य पदक जित्न सफल भगवती माझीलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले माझीलाई सम्मान गरे । माझीलाई  ५० हजार रुपिया प्रदान गरियो । मेरिगोल्ड हेल्थक्लबले पनि सोही अबसरमा माझीलाई सम्मान स्वरुप ५ हजार रुपिया प्रदान गर्यो ।
थाइल्यान्डको फुकेटका भएको विच गेममा साम्बोको ५२ केजी तौल समुहमा प्रतिस्पर्धा गर्दै  माझीले काश्य पदक जितेकी हुन् । कार्यक्रममा बोल्दै  ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले माझीको सफलतालाई कम आक्न नहुने बताए । कार्यक्रममा बोल्दै ओलम्पिक कमिटीका महासचिव जिवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्नै असफल रहेको समयमा ओलम्पिक कमिटीको प्रयासमा नेपाली खेलाडीले सफलता पाएको चर्चा गरे । उनले एसियाली खेलकुदमा राज्यको खेल हेर्ने जिम्मेवारी पाएको परिषद्ले नचाहेरै पनि ओलम्पिक कमिटीले सही छनोट र निर्णय गरेका कारण बिमलाले पदक जितेको प्रसंग उल्लेख गरे । उनले ४५ राष्ट्र सहभागि विच गेममा पनि भगवतीले पाएको पदक महत्वपूर्ण भएको बताए । कार्यक्रममा साम्बोसंघका सस्थापक अध्यक्ष दान बहादुर घिसिंग र सम्मानीत खेलाडी

भगवती माझीले पनि मन्तब्य ब्यक्त गरे ।

Comment