लिटिल एन्जल्सको सहज जित

लिटिल एन्जल्स (एलए) स्कुलले१९ औं फादर मोरान स्मृति अन्तरविद्यालय आमन्त्रण छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ ।
गोदावरीस्थित आयोजक सेन्ट जेभियर्स स्कुलको मैदानमा एलएले त्रियोगलाई ८–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । एलएका सौगात शाहीले २ तथा मुनाल थापा, टान्छो लिम्बू, योगेश महर्जन, जीवन पण्डित, समन्थ राजभण्डारी र आदर्श विष्टले १–१ गोल गरे ।
अन्य खेलमा नेपाल एपीएफ स्कुलले डोल्फिन तथा पुष्पाञ्जलीले काठमाडौं युनिभर्सिटी हाइ स्कुल (केयुएचएस) लाई समान १–० को नजितमा हराए । पुष्पाञ्जलीका अभिषेक आचार्यले निर्णायक गोल गरे ।

Comment