पारा ओलम्पिकमा कोइराला

para game1
नेपाल पारा ओलम्पिक कमिटीको अध्यक्षमा दीपक कोइराला निर्विरोध निर्वाचित भएका छन् । कीर्तिपुरमा बुधबार सम्पन्न कमिटीको १५ औं साधारणसभाले कोइरालाको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन ग¥यो ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्ष सूर्यकुमारी गुरुङ, महासचिवमा कुमार पौडेल, सचिवमा छुल्टिम ग्याल्जेन शेर्पा तथा कोषाध्यक्षमा ढुन्डीराज चालिसे रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत टेकप्रसाद कट्टेलले प्रमाणपत्र प्रदान गरे ।

Comment