माछापुच्छ«े क्रिकेट क्लब विजयी

पोखरा
म्यान अफ दि म्याच प्रेम रानाले २१ औं ओभरमा ह्याट्रिक गरेपछि दुईसय ४३ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब एकसय ५४ रनले पराजित हुन पुगेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भईरहेको सेलो तेल क्लबस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार माछापुच्छ«े क्रिकेट क्लबले फराजिलो जित निकाल्दै समूह विजेता बनेर सेमिफाईनलमा प्रवेश गर्दा पराजित अरण्यज्योति पनि उपविजेता बन्दै सेमीफाईनलमा पुग्ने भाग्यमानि बनेको छ । सांग्रिला क्रिकेट क्लब दुवैखेलमा पराजित हुदैं प्रतियोगिताबाट बाहिरिएको छ ।
दिपेश खत्रीको प्रेरणादायी ३२बलमा ४५ रनको महत्वपूर्ण योगदानले टस जितेर व्याटिङ गरेको माछापुच्छ«े क्रिकेट क्लबले ४० ओभरमा दुईसय ४२ रन बनाएको थियो । चार चौका तीन छक्का हिर्काउँदै उनी सेकेण्डलाष्ट ओभरमा मिडअनमा क्याच आउट हुन पुगेका थिए । त्यसैगरी विष्णु पाण्डेले ३९ बलमा ३५ रनको ठोस इनिङ खेले । तयस्तै मनोज कोईरालाले पनि २६ बलमा २५ र प्रेम रानाले ४१ बलमा खेल्दै २१ रन बनाए ।
अरण्यज्योतिका विनिति श्रेष्ठले आठ ओभर बलिङ गर्ने क्रममा ३१ रन दिएर महत्वपूर्णतीन विकेट लिए । विधान श्रेष्ठले पनि आठ ओभरमा ६३ रन खर्चिएर तीन विकेट लिदाँ ३५ रन दिएर मनोज गुरुङले दुई विकेट लिन सफल बने ।
फराकिलो लक्ष्य पछ्याएको अरण्यज्योति केवल ८८ रनमा अलआउट हुन पुग्यो । केवल २१ ओभरमात्रै खेल्ने क्रममा पछिल्ला तीन व्याट्सम्यानलाई प्रेम रानाले लगातार आउट गर्दै ह्याट्रिक गरे । प्रतियोगिताको पहिलो ह्याट्रिक हो । रानाले कुल चार विकेट लिदाँ केवल १२ रन मात्रै दिएका थिए । अर्का बलर विष्णु पाण्डेले पनि चार ओभरमा २० रन दिएर तीन विकेट लिदैं अरण्यज्योतिलाई धरासायी बनाए । ईशान बानियाँले ३९ बलमा ४० रन बनाउँदा टोलीले प्रभावकारी प्रदर्शन गर्ने संकेत ग¥यो तर स्वीचन्द्रविक्रम शाहले ४२ बलमा ११ रन बनाउँदै पवेलियन फर्किएपछि अरण्यज्योति सस्तैमा समेटिएको थियो । बुधबारको सेमिफाईनल खेल कंक्रा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसित प्रतिस्पर्धा गर्ने छ ।

Comment