विबेकको ग्वामका खेलाडी माथि जित

bibek thing1
फीलीपीन्समा जारी एसियन युथ बुद्धीचाल प्रतियोगिताको छैटौ चरणमा नेपाली युवा च्याम्पियन विवेक लामाले ग्वामा पारस रेडक्लीफलाई पराजित गरेका छन् । उनको ५ चरणमा तीन अंक छ । सातौ चरणमा उनले युएइका मइएद अल रसादीसंग खेल्ने छन् ।
प्रतियोगितामा भारतीय आइएम नारायनन श्रीनाथ ५.५ अंक सहित शिर्ष स्थानमा छन् ।
प्रतियोगिताको महिला स्पर्धामा नेपालकी विणा जयसवाल फीलीपीन्सकी रोमेरो ग्लाडेज हायलेसंग पराजित भएकी छिन् । बिणाको १.५ अंक छ । प्रतियोगितामा भारतकी डब्लु आइएम इभाना मारियो फुर्टाडो ५ अंक सहित शिर्ष स्थानमा छिन् ।

Comment